२४ असार काठमाडौँ । नुवाकोटको त्रिशूली नदीमा फसेका २ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । हिजो सोमबारदेखि नुवाकोटको बिदुर नगरपालिका वडा न–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा एक्कासी आएको बाढीमा एक महिला एक पुरुष गरि दुई जना फसेका थिए ।
सोमबार घाँस–दाउरा गर्न गएका बेला आएको आकस्मिक बाढीका कारण नदीको बीचभागमा रहेको रुखमा चढेर ज्यान जोगाइको स्थानीयहरुले बताए । दुई जना बाढी आएको बेलादेखि नै उनीहरू रुखमा चढेर बसेका थिए ।
नदीको बहाव अझै उच्च रहेकाले तटीय भागमा पुग्न सकिएको छैन ।फसेकाहरू एउटै परिवारका सदस्य रहेको जनाइएको छ । उद्वारको लागि विभिन्न माध्य बाट प्रायस बाट बचाउन सफल भएका हुन् ।