२४ असार काठमाडौँ । बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएपछि यात्रुहरुलाई सास्ती भएको छ ।
बनेपा नगरपालिका वडा न १ र वडा न ४ को सिमानामा रहेको पुण्यमाता खोलामा रहेको पुल शनिबार बिहान भाँचिएपछि अस्थायी रुपमा निर्माण भएको थियो ।
अहिले उक्त स्थानमा गाडि फसेकाले अन्य यात्रु र सवारी साधनलाई आवागमनमा अबरोध भएको हो ।

