२६ असार काठमाडौँ । सरकारले सुनको गरगहना आयात गर्दा २ प्रतिशत विलासिता कर लगाउने निर्णयविरुद्ध दुइवटा सुन चाँदी व्यवसायी संघसंस्थाहरुले आज र भोली माइतीघरमा र्याली तथा विरोध सभा भई रहेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुन चाँदी व्यवसायी महासंघले संयुक्त रुपमा आज र भोलीसम्म विरोध सभा गर्दैछ ।दुवै दिन दिउँसो १ बजे माइतीघर हुँदै नयाँ वानेश्वरसम्म र्यालीको आयोजना हुनेछ ।
विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीसम्वद्ध संघसंस्थाले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् । सरकारले लगाएको विलासिता करका कारण सुनको कारोबार ठप्प हुने र उपभोक्तालाई समेत थप आर्थिक भार थपिने देखिन्छ ।