Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाँकेको राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार

बाँकेको राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार

जोईन खबर

२६, आषाढ २०८२
  • 781
    SHARES
  • बाँकेको राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार

    २६ असार काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न –५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरेका छन् । गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदिमा एक्कासी आएको बाढीका कारण नदिको बिच टापुमा फसेका थिए ।

    images

    सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बुधबार सकुशल उद्धार गरेको हो ।

    images
    images
    images

    उद्धार गरिएकाहरुमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ । 

    प्रकाशित मिति :आषाढ २६, २०८२ बिहिवार - १७:१८:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको