२९ असार काठमाडौँ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमाबस्ने भएको छन् । आजको बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो विधेयक प्रस्तुत गर्नेछन्।औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक–२०८२’ पनि आज बैठकमा प्रस्तुत हुनेछ।
आजकै बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।