Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 गोरखामा ईभी माईक्रो दुर्घटना हुदाँ एक जना घाईते 

 गोरखामा ईभी माईक्रो दुर्घटना हुदाँ एक जना घाईते 

जोईन खबर

२९, आषाढ २०८२
  • 565
    SHARES
  •  गोरखामा ईभी माईक्रो दुर्घटना हुदाँ एक जना घाईते 

    २९ असार काठमाडौँ । गोरखाको गोरखा नगरपालिकामा ईभी माईक्रो दुर्घटना भएको छ । उक्त दुर्घटनाले  मोबाईल पसलमा  ठूलो क्षती पुराएको छ । गोरखा नगरपालिका वडा न –६ को अस्पताल मार्गको चालिसे चोक नजिकै बाग्मती प्रदेश ००६ ख ६३२२ नम्बरको  ईभी माईक्रो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    images

    गोरखा बजारबाट ध्याम्पेशाल तर्फ जान लागेको उक्त माईक्रो चालिसे चोकमा रोकी राखेको अवस्थामा माईक्रो आफै पछाडी हटेर दुर्घटना भएको एक जना प्रत्यक्ष दर्शीले बताए । माईक्रो ब्याक हुदा अतालिएर हाम्फाल्ने क्रममा गोरखा नगरपालिका–३ नारेश्वरकी ४१ बर्षिया कबिता तिवारी सामान्य घाईते भएकी छिन् ।

    images
    images
    images

    उनको गोरखा अस्पतालमा उपचार लगत्तै डिस्चार्ज गरिएको छ ।बिकास मोबाईल सेन्टरको पसल भित्र परेको माईक्रो कारण पसलमा क्षती पुगेको छ । क्षतीको पूर्ण विवराण भने आउनै बाँकी छ ।

     

    प्रकाशित मिति :आषाढ २९, २०८२ आइतवार - १०:३३:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको