Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उत्तरी धार्चेमा स्वास्थ्य उपचार सेवा लिन ‘टेलिमेडिसिन सेवा’ सञ्चालन हुदै

उत्तरी धार्चेमा स्वास्थ्य उपचार सेवा लिन ‘टेलिमेडिसिन सेवा’ सञ्चालन हुदै

जोईन खबर

३०, आषाढ २०८२
  • 709
    SHARES
  • उत्तरी धार्चेमा स्वास्थ्य उपचार सेवा लिन ‘टेलिमेडिसिन सेवा’ सञ्चालन हुदै

    ३० असार काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा घरमै बसेर विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य उपचार सेवा लिन सकिने गरि ‘टेलिमेडिसिन सेवा’ सञ्चालनमा सुरु गरिने भएको छ ।  ग्रामिण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकले स्थानीय स्वास्थ्यकर्मीको सहयोगमा चिकित्सकसंग भिडियोमार्फत परामर्स र उपचार सेवा पाउने गरि ‘टेलिमेडिसिन सेवा’ सुरु गर्न लागिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

    images

    विशेष गरि यस सञ्चालनमा  गर्भवती, सुत्केरी महिला तथा बालबालिकालाई लक्षित गरि यो सेवा सुरु गर्न लागिएको पालिका  अध्यक्ष गुरुङले बताउनु भयो । उक्त सेवा वार्म नेष्ठ फाउण्डेसन, रिन्युएवल वल्र्ड र गोरेटो गोरखाको सहकार्यमा धार्चे गाउँपालिका र प्रदेश अस्पताल गोरखा विच सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।गाउँपालिकाले साँझेदार संस्थाहरुको सहभागितामा अस्पतालसंग शुक्रबार सम्झौता गरेर सेवा सञ्चालनको प्रक्रिया अघि बढाइएको अध्यक्ष गुरुङको भनाई छ ।

    images
    images
    images

    गाउँपालिकाले पालिका भित्रका रहेका ७ वटा स्वास्थ्य चौकी र ११ वटा सामाजिक स्वास्थ्य इकाईबाट टेलिमेडिसिन सेवा प्रदान गर्न लागेको हो ।गाउँपालिकामा “स्वास्थ्यका लागि ऊर्जा स्केल अप परियोजना’’ अन्तर्गत ‘टेलीमेडिसिन सेवा’ लागू गर्न लागिएको हो ।

    धार्चेका आमाबुबा, गर्भवती महिला, बालबालिकालगायत सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा पु¥याउनका लागि निरन्तर पहल गरिरहेका छौ, अध्यक्ष गुरुङले जानकारी दिनु भयो । पालिकाले सुरु गर्न लागेको यो सेवाले पालिकाबासीलाई थप सहज हुने पालिकाले जनाए । 

    प्रकाशित मिति :आषाढ ३०, २०८२ सोमवार - ११:०४:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको