३० असार काठमाडौँ । नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन बसेको छ , भन्दै प्रश्न गरेका हुन् । दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान भएको उनले बताए ।
सांसद साहले भनेका छन्, ‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको छ । अब सरकार चुप बस्ने होइन अनुसान्धन गरि सांसद मन्त्री पदबाट बर्खास्त गर्नु पर्ने बताए ।