३० असार दोहा कतार । स्याङ्गजा सहयोग समाज कतारद्वारा नेपाली रक्तदाता संघ, कतारको समन्वय साथै स्याङ्गजा सहयोग समाज कतारको मातहतमा रहेका इकाई तथा विभाग हरुको सह—आयोजनामा यहि आउदो जुलाई १८ शुक्रबारको दिनमा बिहान ८ बजे देखि दिनको २ बजे सम्म हमाद हस्पिटलको रक्तदाता केन्द्रमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
वृहत रक्तदान कार्यक्रममा उपस्थित भएर तथा योग्य रक्तदाताहरू समेटिदिएर यस पुण्य कार्यलाई सहयोग गरी दिनु हुन स्याङ्जा सहयोग समाज कतारले सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनिहरूमा हार्दिक अनुरोध गरेको छ।