Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

जोईन खबर

३१, आषाढ २०८२
  • 676
    SHARES
  • सामान्य प्रशासनमन्त्री  गुप्ताले दिए राजीनामा

    ३१ असार काठमाडौँ । घुस लिएको आरोपमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।

    images

    मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए । उनले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    images
    images
    images

    केही दिनअघि गुप्ताको घुस लिँदै गरेको भनिएको अडियो सार्वजनिक भएपछि उनी चौतर्फी आलोचना र दबाबमा परेका थिए।  अडियोमा पोखराको जग्गासम्बन्धी कुराकानीसमेत समेटिएको छ।गुप्तामाथि विभिन्न मालपोत कार्यालयका कर्मचारीसँग फोनमार्फत ‘सहयोग’ माग्ने र मागअनुसार नमान्दा अन्तर मन्त्रालय सरुवा गरिदिने धम्की दिने गरेको आरोप पनि छ।

    प्रकाशित मिति :आषाढ ३१, २०८२ मंगलवार - १२:२४:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको