३१ असार काठमाडौँ । सुन धारामा बनेको धरहरा अब साउन १ गतेबाट खुल्ने समयावधि थप गरिएको छ । धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको हो ।
सार्वजनिक बिदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताएका छन् । धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।
धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि अब खुला रहनेछ । २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुननिर्माणपछि यही असोज ३ गतेबाट परीक्षणका रूपमा खुला गरिएको थियो ।