Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौको धरहरा अब १२ घण्टा खुल्ने

काठमाडौको धरहरा अब १२ घण्टा खुल्ने

जोईन खबर

१, श्रावण २०८२
  • 754
    SHARES
  • काठमाडौको धरहरा अब १२ घण्टा खुल्ने

    १ साउन काठमाडौँ । आज साउन १ गतेदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दैनिक (१२ घण्टा) धरहरा खुल्ने भएको हो ।यसअघि दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म धरहरा सर्वसाधारणका लागि खुल्ला हुँदै आएको थियो ।

    images

    शहरी विकास मन्त्रालयकाका अनुसार अबदेखि सार्वजनिक बिदाको दिन पनि धरहरा चढ्न पाइने भएको छ । शनिवार दिइने साप्ताहिक बिदाको सट्टा बुधवार धरहरा बन्द हुने बताइएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनर्निर्माणपछि गएको असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो ।

    images
    images
    images

    गएको मङ्सिर ९ गतेदेखि भने शुल्कसहित धरहरा खुला गरिएको हो ।धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

    प्रकाशित मिति :श्रावण १, २०८२ बिहिवार - १२:५३:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको