१ साउन काठमाडौँ । गोरखा सिरानचोक गाउँपालिका वडा नम्वर ५ र उत्तरी गोरखा धार्चे गाउँपालिका वडा नम्वर ६ को कार्यालय महिनौदेखि वडाध्यक्षविहीन छन् । करिव एक बर्षअघि विदेश गएका दुवै वडाध्यक्षहरु अझै फर्किएका छैनन् ।सिरानचोक–५ का वडाध्यक्ष ठानेश्वर पोखरेल गत असारमा बर्खे अधिवेशन सकेर अमेरिका गएका थिए । त्यसयता उनी फर्किएका छैनन् ।
लामो समयसम्म कार्यालय नफर्केपछि वडाध्यक्षको पद खारेजीको माग राख्दै स्थानीयले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।गत असारमा वडा सदस्य रामचन्द्र पोखरेललाई कार्यबाहक तोकेर अमेरिका जानु भएको थियो’, स्थानीय विष्णु पोखरेलले भने, ‘गत माघमा आएर फेरि उहाँलाई नै असारसम्मका लागि कार्यभार सुम्पिएर जानु भएको रहेछ ।उक्त वडाध्यक्षलाई कारबाहीको माग गर्दै स्थानीयहरु आउने गरेको उनले जानकारी दिए ।
कारवाही स्वरुप हामीले कार्यपालिका सदस्यबाट निलम्वन गर्न मिल्छ तर उहाँको वडाध्यक्ष पद खारेज गर्ने अधिकार हामीलाई छैन,’ उनले भने, ‘स्थानीयहरु भने कारवाही गर्न पर्यो भन्दै पालिका धाइरहनुभएको छ ।यता धार्चे गाउँपालिका–६ का वडाध्यक्ष धनकुमार घले पनि करिव दश महिनादेखि वडा कार्यालय आएका छैनन् ।
गत भदौ महिनामा बेलायत गएका उनी उतै बसेका छन् । वडा सदस्य रविन्द्र घिमिरेलाई कार्यवहाक दिएर उनी गत भदौ १२ गते बेलायत गएका हुन् ।तर आउने नआउने जवाफ नआएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।वडाध्यक्षसँग म्यासेन्जरमा कुरा भएको थियो, अव आउदिन भन्यो,’ उनले भने, ‘लिखित रुपमा पत्र पठाउनुस् भनेको तर अहिलेसम्म पठाएको छैन ।