४ साउन काठमाडौँ । अमेरिकामा एक यात्रुवाहक विमानको आपतकालीन अवतरण गरिएको छ । रिपोर्टका अनुसार, डेल्टा एयरलाइन्सको बोइङ विमान शुक्रबार लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट एटलान्टाका लागि उडेको थियो, तर उडान भरेको केही समयपछि नै यसको एउटा इन्जिनमा आगो लागेको थियो ।
यसपछि, विमान आपतकालीन अवतरणको लागि फर्कनुपर्यो घटनाको भिडियो सार्वजनिक भएको छ, जसमा बोइङ ७६७(४०० विमान हावामा देख्न सकिन्छ र यसको बायाँ इन्जिनबाट आगो निस्किरहेको छ ।विमान धावनमार्गमा अवतरण गरेपछि, अग्निनियन्त्रकहरूले इन्जिनमा लागेको आगो नियन्त्रण गरेका थिए ।
यस घटनामा विमानमा रहेका सबै यात्रू सकुशल रहेका छन् रिपोर्टका अनुसार विमानले पहिले प्रशान्त महासागर माथि उडेर त्यसपछि डाउनी र प्यारामाउन्ट क्षेत्रहरूमाथि फर्किएकाले चालक दललाई चेकलिस्ट पूरा गर्न र सुरक्षित अवतरणको लागि तयारी गर्न समय मिलेको उल्लेख छ । एजेन्सी