Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काजल उत्कृष्ट निर्णायक अमेरिका जाँदै

काजल उत्कृष्ट निर्णायक अमेरिका जाँदै

जोईन खबर

५, श्रावण २०८२
  • 559
    SHARES
  • काजल उत्कृष्ट निर्णायक अमेरिका जाँदै

    ५ साउन काठमाडौँ । तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ वल्र्ड तेक्वान्दो हान्मादाङमा उत्कृष्ट निर्णायक घोषित भएकी छन् ।

    images

    अमेरिकाको क्यालिफोर्निया जुलाइ १७ देखि १९ तारिखसम्म भएको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजलले प्रतियोगितामा ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।प्रतियोगितामा ८० निर्णायकको सहभागिता रहेको बताइएको छ ।

    images
    images
    images

    प्रतियोगितामा ३० राष्ट्रका १ हजार ७ सय खेलाडी सहभागी थिए ।काजलले यसअघि अस्ट्रेलियन ओपन तथा जापानमा २०२४ र २०२५ मा भएको वाटा ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । २०२५ मा काजल उत्कृष्ट निर्णायक पनि घोषित भएकी थिइन् ।

    प्रकाशित मिति :श्रावण ५, २०८२ सोमवार - १३:०६:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको