Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा अस्थायी तटबन्ध लगाउदै योङ्ग कम्युनिस्ट लिग वाईसीएल

मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा अस्थायी तटबन्ध लगाउदै योङ्ग कम्युनिस्ट लिग वाईसीएल

जोईन खबर

६, श्रावण २०८२
  • 703
    SHARES
  • मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा अस्थायी तटबन्ध लगाउदै योङ्ग कम्युनिस्ट लिग वाईसीएल

    ६ साउन काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग वाईसीएल ले मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा अस्थायी तटबन्ध लगाउने काम आज सुरु गरेको छ ।  ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान अन्तर्गत वाईसीएल नेपाल बागमती प्रदेश र विशेष सम्पर्क  प्रदेशको संयुक्त आयोजनामा आज बिहान तटबन्ध लगाउने काम गरेको हो ।

    images

    अभियानमा वाईसीएल नेपाल भक्तपुर र काठमाडौँको सहकार्य रहेको छ । वर्षाको समयमा मनोहरा सुकुम्वासी बस्तीमा बाढी पसेर जनताले सास्ती पाएकाले डुवान रोक्न अस्थायी तटबन्ध लगाउने काम भइरहेको वाईसीएलका केन्द्रिय सचिव धिरज उपरकोटीले बताए ।

    images
    images
    images

    523759373_1234753468663430_1579386541836996620_n.jpg

    कार्यक्रममा सहभागी हुँदै माओवादीका उपमहासचिव तथा युवा संगठनका संयोजक शक्ति बस्नेतले जनतासँग सम्बन्ध र सहकार्यलाई बलियो बनाउने अभियान जारी राखेकाले त्यसै अभियान अन्तर्गत नै वाईसीएल नेपालले श्रम र उत्पादनमा जोड्ने काम गरिरहेको बताए ।

    त्यही अभियान अन्तर्गत वाईसीएल नेपाल श्रम र उत्पादनमा जोडिने काम गरिरहेको छ । देशव्यापी रूपमा श्रम र उत्पादनसम्बन्धी अभियान चलिराखेको छ । वाईसीएलले  साउन १ गतेदेखि देशभर श्रम र उत्पादन अभियान सञ्चालन गरेको छ ।

    523325138_1234753518663425_588902366186599862_n.jpg

    प्रकाशित मिति :श्रावण ६, २०८२ मंगलवार - ११:१२:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको