८ साउन काठमाडौँ । नेपालको राहदानी पासपोर्ट पुनः विश्वकै कमजोर सूचीमा परेको छ। द हेन्ली पासपोर्ट इन्डेक्सले २०२५ का लागि जारी गरेको सूचीमा नेपाल ९५औँ स्थानमा छ।
९९ वटा सूचीमध्ये नेपाल र लिविया ९५औँ स्थानमा परेको हो।नेपालभन्दा पछाडि यमन, सोमालिया, पाकिस्तान, इराक, सिरिया अन्तिममा अफगानिस्तान रहेका छन्। कमजोर सूचीमा नेपालसँगै बंगलादेश, इरिट्रिया, प्यालेनस्टीयान टेरोटेरी, उत्तर कोरिया, सुडान र श्रीलंका रहेका छन्।
दक्षिण एसियाली मुलुकमध्ये भुटान ८४औँ, भारत ७७औँ र माल्दिभ्स सबैभन्दा माथि ५३औँ स्थानमा रहेको छ।त्यस्तै शक्तिशाली राहदानीको नम्बर १ मा सिंगापुर रहेको छ। त्यसपछि दोस्रोमा जापान र दक्षिण कोरिया, तेस्रोमा डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटाली र स्पेन रहेका छन्।