Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज नागपञ्चमी नागको पूजाअर्चना गरीदै

आज नागपञ्चमी नागको पूजाअर्चना गरीदै

जोईन खबर

१३, श्रावण २०८२
  • 565
    SHARES
  • आज नागपञ्चमी नागको पूजाअर्चना गरीदै


    १३ साउन काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरका मूलढोकामा नागको चित्र टाँस्ने र नाग दहहरुमा पुगेर पूजा गर्ने चलन छ ।

    images

    यसरी नागको पूजा गर्दा घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुस्ख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।यही विश्वासका साथ काठमाडौंको नागपोखरी, टौदह लगायतका स्थानमा दूध चढाउने र पूजा गर्नेहरुको भिडभाड छ ।

    images
    images
    images

    नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परामा र तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

    प्रकाशित मिति :श्रावण १३, २०८२ मंगलवार - ११:०९:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको