Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मोटरसाइकलको ठक्करबाट ७० बर्षीय वृद्वको मृत्यु

मोटरसाइकलको ठक्करबाट ७० बर्षीय वृद्वको मृत्यु

जोईन खबर

१५, श्रावण २०८२
  • 703
    SHARES
  • मोटरसाइकलको ठक्करबाट ७० बर्षीय वृद्वको मृत्यु

    १५ साउन काठमाडौँ । गोरखाको गोरखा नगरपालिकामा  मोटरसाइकलको ठक्करबाट एक जना  वृद्धको मृत्यु भएको छ । उक्त घटनामा मृत्यु हुने गोरखा नगरपालिका वडा १० बिरिन्चोक बस्ने ७० वर्षका क्षेत्रबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    आँबुखैरेनीबाट गोरखा बजारतर्फ जाँदै गरेको लु ६१ प ४६८५ नंबरको मोटरसाइकलले बुधबार साँझ सडक किनारमा हिँडिरहेको अवस्थामा ठक्कर दिँदा थापा गम्भीर घाइते भएका थिए ।दुर्घटनापश्चात तत्कालै प्रदेश अस्पताल गोरखामा प्रारम्भीक उपचारपछि चितवनको मनकामना अस्पताल पुराइ पछि थप उपचारको क्रममा मृत्यु भएको हो ।

    images
    images
    images

    मोटर साइकल चालक नवलपुरको मध्यविन्दू नगरपालिका १ का २९ वर्षका साजन विसीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण १५, २०८२ बिहिवार - १२:५६:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको