Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुई संघीय सांसद समितिको बैठक बस्दै

दुई संघीय सांसद समितिको बैठक बस्दै

जोईन खबर

१८, श्रावण २०८२
  • 511
    SHARES
  • दुई संघीय सांसद समितिको बैठक बस्दै

    १८ साउन काठमाडौँ ।  दुई संघीय संसद्का समितिको बैठक बस्दै छ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

    images

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।

    images
    images
    images

    सो समितिले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण मन्त्रालयसँग रहेका सम्बन्धित सम्पूर्ण विवरण तथा हालसम्म वितरण गरिएका जग्गाको तथ्यांक र अब उपलब्ध गराइने जग्गाको योजना सम्बन्धमा छलफल गरिने सूचनामा उल्लेख छ ।

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरातत्त्व विभागसँग ग्यालरी बैठकको पुरातात्त्विक सम्पदाको संरक्षणका बारेमा छलफल हुनेछ ।

    प्रकाशित मिति :श्रावण १८, २०८२ आइतवार - १०:४२:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको