Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रगतिशील बन्धु समाज नेपालद्वारा २०८१को एसईईमा उत्कृष्ट नतिजा ल्याउने ४५ जना विद्यार्थी सम्मानित

प्रगतिशील बन्धु समाज नेपालद्वारा २०८१को एसईईमा उत्कृष्ट नतिजा ल्याउने ४५ जना विद्यार्थी सम्मानित

जोईन खबर

१८, श्रावण २०८२
  • 772
    SHARES
  • प्रगतिशील बन्धु समाज नेपालद्वारा २०८१को एसईईमा उत्कृष्ट नतिजा ल्याउने ४५ जना विद्यार्थी सम्मानित

    १्८ साउन काठमाडा्रँ । प्रगतिशील बन्धु समाज नेपालले यो बर्ष २०८१ सालको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिधार्थीहरुलाई सम्मान गरेको छ । काठमाडौंको बसुन्धरामा आयोजित एक विशेष कार्यक्रममा प्रगतिशील बन्धु समाज नेपालले माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने ४५ जना विद्यार्थीहरूलाई सम्मान गरेको हो।

    images

    कार्यक्रममा एकजना विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययन गराउने सम्झौता समेत गरिएको छ। यो पहल समाजको शिक्षा र अवसरप्रतिको प्रतिबद्धताको सशक्त उदाहरणको रूपमा हेरिएको छ। प्रगतिशील बन्धु समाज नेपाल सार्की समुदायका सदस्यहरूलाई संगठित गर्दै स्थापना गरिएको संस्था हो। यो संस्थाले देशभर छरिएर रहेका सार्की समुदायलाई एक सूत्रमा बाँध्ने उद्देश्यसहित विविध सामाजिक कार्य गर्दै आएको छ। हरेक वर्ष एसईई पास गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको यस संस्थाले हौसला र प्रेरणा दिनु कार्यक्रमको मूल उद्देश्य रहेको जनाएको छ।

    images
    images
    images

    98.jpg

     

    कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन, र भविष्यप्रतिको लगावको कदर गर्दै सम्मानपत्र तथा उपहार प्रदान गरिएको थियो।उक्त अवसरमा समाजका पदाधिकारीहरू, अभिभावक, शिक्षक, शिक्षाविद्, विभिन्न क्षेत्रका अगुवा, साथै नेपाल सरकारका सहसचिव, उपसचिव तथा अन्य अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।

    526765773_1846612459593839_2973770432794618994_n.jpg

    वक्ताहरूले विद्यार्थीहरूलाई निरन्तर लगनशील रहन, उच्च शिक्षाको तयारीमा जुट्न, र समाजप्रतिको उत्तरदायित्व आत्मसात् गर्दै अगाडि बढ्न प्रेरणा दिएका थिए। समाजका अध्यक्ष भीम बस्यालले कार्यक्रमलाई सम्बोधन गदै“हामी यो संस्था देशैभर लैजाने योजना छ, जसबाट सबै सार्की समुदाय एकै माला जस्तो जोडिनु पर्छ भनु भएको छ ।” यस संस्थाले सके सम्म देश भरिका सार्की  समुदायलाई समेटेर संस्था बलियो  बनाउने तयारी भएको छ ।

    526603851_1846612509593834_8779814447096302498_n.jpg

    91.jpg92.jpg93.jpg94.jpg96.jpg97.jpg98.jpg99.jpg90.jpg

    527741362_1846612736260478_3027380330870158975_n.jpg 

    प्रकाशित मिति :श्रावण १८, २०८२ आइतवार - ११:२७:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको