Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बस्दै

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बस्दै

जोईन खबर

१८, श्रावण २०८२
  • 679
    SHARES
  • मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बस्दै

    १८ साउन काठमाडौँ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरमा अघि मन्त्रिपरिषद् बैठक  सुरु भएको छ । प्रधानमन्त्री ओली आज मध्यराति तुर्कमेनिस्तान जाँदैछन् । त्यसअघि बैठक बस्न लागेको हो ।बैठक बस्न मन्त्रीहरू बालुवाटार पुगिसकेका छन् । प्रधानमन्त्री ओली बालुवाटारमै आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गरिरहेका छन् ।

    images

    उक्त कार्यक्रम सकिएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।भूपरिवेष्टित विकासशील राष्ट्रहरू ९एलएलडिसी०को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान जान लागेका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुँदैछ ।प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने छन् ।

    प्रकाशित मिति :श्रावण १८, २०८२ आइतवार - १५:०६:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको