Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एथलेटिक्स परिवार नेपालको चौथो साधारण सभा सम्पन्न

एथलेटिक्स परिवार नेपालको चौथो साधारण सभा सम्पन्न

जोईन खबर

१८, श्रावण २०८२
  • 574
    SHARES
  • एथलेटिक्स परिवार नेपालको चौथो साधारण सभा सम्पन्न

    १८ साउन काठमाडौँ । एथलेटिक्स परिवार, नेपालको चौथो वार्षिक साधारण सभा एबं चौथो बार्षिकोत्सव समारोह कार्यक्रम श्रावण १८ गते आईतवार काठमाण्डौंमा सम्पन्न भएको छ । किर्तिमानी धावक बैकुन्ठ मानन्धरको प्रमुख आतित्यथा र सल्लाहाकार मोहन नेपालको सभापतित्वमा संचालन भएको उक्त समारोहमा अध्यक्ष राजन खत्रीले आ.व.२०८२÷८३ को बार्षिक कार्यक्रम र बजेट, महासचिब मन्जु श्रेष्ठको तर्पmबाट बाबुराजा श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रेम महतले आय÷व्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।

    images

    सोही समारोहमा एथलेटिक्स खेलका लामो दूरीका धावक÷धाविकाद्धय त्रिभुवन आर्मी क्लबका खड्कबहादुर खड्का र पुर्णलक्ष्मी न्यौपाने, एथलेटिक्स प्रशिक्षकद्धय सिताराम चौधरी र देबीबहादुर बस्नेतलाई सम्मान गरिएको  थियो ।

    images
    images
    images

    एथलेटिक्स परिवार, नेपालले आ.व.२०८१÷८२ मा नेपालका विभिन्न १४ वटा खेलकुद कार्यक्रम सञ्चालनमा प्राविधिक सहयोगीको रुपमा सहभागी भएको र आ.व.२०८२÷८३ मा  चौथो राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट कार्तिक २७ देखि २९ गते सम्म काठमाडौंमा, नेपाल रन ५ कि.मि.च्यालेन्ज नेपालका विभिन्न ५ स्थानमा असोज महिनाबाट र राष्ट्रिय मिक्स रिले रन पुसा महिनामा काठमाडौंमा संचालन गर्ने गरि वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।  यसको अलावा नेपालमा विभिन्न स्थानहरुमा आयोजना हुने करिब १० वटा एथलेटिक्सका विभिन्न स्तरका प्रतियोगिताहरुमा प्राविधिक सहयोग गर्ने भएको अध्यक्ष राजन खत्रीले जनाएका छन् ।

    प्रकाशित मिति :श्रावण १८, २०८२ आइतवार - १७:२९:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको