Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अविरल वर्षाले गुल्मीमा कार बगायो

अविरल वर्षाले गुल्मीमा कार बगायो

जोईन खबर

२०, श्रावण २०८२
  • 586
    SHARES
  • अविरल वर्षाले गुल्मीमा कार बगायो

    २० साउन काठमाडोँ । अविरल वर्षासँगै आएको भेलले गुल्मीको डहरे खोलाले कार बगाएको छ ।सत्यवती गाउँपालिका वडानम्बर – ६ उर्लीखोला स्थित डहरेखोलामा शान्तिपुरबाट बुटवल तर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार बगाएको प्रहरीले जनाएको छ ।

    images

    मंगलबार बिहान ११:४५ बजेको समयमा डहरे खोलाले बगाएर कार ५० मिटर तल पुर्‍याएको थियो । स्थानीय र ट्याक्टरको सहायताले कार खोलाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।खोलाले बगाउँदा कारमा क्षति पुगे पनि मानविय क्षति भने नभएको गुल्मीका प्रहरीले जनाए ।

    images
    images
    images

    पक्की पुलको अभावले यस क्षेत्रका नागरिकले वषौंदेखि सास्ती खेप्दै आएका छन् ।आइतबारदेखि गुल्मी लगायतका ठाउँमा निरन्तर वर्षा भइरहेको छ । वर्षातले डहरे खोलामा पानीको बहाव बढेकोले सडक अवरुद्ध हुँदै आएको थियो । 

    प्रकाशित मिति :श्रावण २०, २०८२ मंगलवार - १४:५६:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको