२६ साउन काठमाडौँ । नवलपुरको गैडाकोटमा भएको सवारी दुर्घटनामा परी २ जनाको घटना स्थलमा मृत्यु भएको छ । गैडाकोट नगरपालिका–१० सिस्नेपुल स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले स्कुटीलाई ठक्कर दिंदा भएको दुर्घटनामा परी २ जनाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले पुष्टी गरेको हो ।
गैडाकोटबाट कावासोतीतर्फ आउँदै गरेको ना ५ ख ८४१७ नम्बरको ट्रकले कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको लु ५५ प ३१३४ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी ट्रक चालक बारा परवानीपुर गाउँपालिका १ निवासी ३५ बर्षीय रिजवान मियाँ र स्कुटर चालक कावासोती ३ निवासी ५२ दल बहादुर सुनार बिकको घटना स्थलमै ज्यान गएको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।
ट्रक चालक ट्रक भित्रै च्यापिएको अवस्थामा प्रहरीले उद्दार गरेको थियो भने स्कुटी चालकलाई ट्रकले च्यापेको अवस्थामा क्रेनको सहायताले उद्दार गरिएको प्रनाउ नेपालले जानकारी दिए ।मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि चितवनको भरतपुर अस्पताल लगिएको छ ।