२७ साउन काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पार्टीको विधि र पद्धति विपरीत टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टी अनुशासन उल्लंघन हुने गरी अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा पोष्ट समेत नगर्न पार्टीले आज सो निर्देशन दिएको हो ।
केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीलाई आँच पुग्ने गरी अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा नलेख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरिएको जानकारी दिए।