Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महानगरपालिकाले एमएमए ब्यान्टमवेट च्याम्पियन ढाटलाई र उपविजेता महिलालाई नगदसहित सम्मान

महानगरपालिकाले एमएमए ब्यान्टमवेट च्याम्पियन ढाटलाई र उपविजेता महिलालाई नगदसहित सम्मान

जोईन खबर

२८, श्रावण २०८२
  • 586
    SHARES
  • महानगरपालिकाले एमएमए ब्यान्टमवेट च्याम्पियन ढाटलाई र उपविजेता महिलालाई नगदसहित सम्मान

    २८ साउन काठमाडौँ । काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम राख्न सफल एमएमए फाइटर रवीन्द्र ढाट तथा खोखो विश्वकपका उपविजेता महिला र पुरुष टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।सोमबार आयोजित एक कार्यक्रममा एमएमए ब्यान्टमवेट च्याम्पियन ढाटलाई २ लाख रुपैयाँ तथा खोखोका महिला र पुरुष टोलीलाई ११(११ लाख गरी कुल २२ लाख रुपैयाँको चेक हस्तान्तरण गरियो।

    images

    सामाजिक विकास समितिको सिफारिसमा गरिएको उक्त सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र समितिका संयोजक रामकुमार केसी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्ता खेल र खेलाडीले नेपालको शिर ठाडो बनाएको बताए।

    images
    images
    images

    बझाङका रवीन्द्र ढाटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा भारतकै चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै ब्यान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए।यो जितसँगै उनी यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन्।

    यो जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको जित यात्रामा पूर्णविराम लागेको छ।सम्मान ग्रहणपछि बोल्दै ढाटले महानगरको सम्मानले आफूलाई थप हौसला मिलेको बताए। महिला टोलीले भारतसँग ७८–४० को अन्तरले पराजय बेहोरेको थियो।

    प्रकाशित मिति :श्रावण २८, २०८२ बुधवार - १३:३७:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको