Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाजुरामा बाढीले दुई घर बगायो

बाजुरामा बाढीले दुई घर बगायो

जोईन खबर

२८, श्रावण २०८२
  • 640
    SHARES
  • बाजुरामा बाढीले दुई घर बगायो

    २८ साउन काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका मा खोलामा आएको  बाढीले दुई घर बगाएको छ । आज बेलुकी सात बजेतिर आएको बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापा परिवारको दुई घर बगाएको हो ।बाढीले झोलुङ्गे पुल र बिच्छ्या माविमा पनि क्षति पुगेको गाउँपालिका वडा नम्बर १ का वडा सचिव सन्जिव चौधरीले जानकारी दिए ।

    images

    उनका अनुसार वडा कार्यालय पनि जोखिममा परेको छ ।गडगडाउँदै बाढी आएपछि खोला किनारका बासिन्दा भागेर अग्लो ठाउँतिर गएका थिए ।

    images
    images
    images

    पानी परिरहेकाले बाढी अझै बढ्ने र थप क्षति हुनसक्ने आशंकाले स्थानीय त्रसित छन् ।गाउँपालिकाका जनप्रतिनिधिहरुका अनुसार मानवीय क्षति भने हालसम्म भएको छैन।विच्छ्या खोला कुवाडी खोलामा मिसिने भएकाले कुवाडी खोला आसपास बसोबास गर्नेहरुलाई सतर्क रहन गाउँपालिकाले अनुरोध गरेको छ ।

    प्रकाशित मिति :श्रावण २८, २०८२ बुधवार - २२:२९:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको