Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अन्तरकलेज बास्केटबल भोलिदेखि

अन्तरकलेज बास्केटबल भोलिदेखि

जोईन खबर

२९, श्रावण २०८२
  • 604
    SHARES
  • अन्तरकलेज बास्केटबल भोलिदेखि

    २९ साउन काठमाडौँ । अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा।लि। को आयोजनामा ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।प्रतियोगितामा ११ टिमको सहभागिता रहने आयोजक अबाइडका प्रबन्ध निर्देशक मनीषमान श्रेष्ठले जनाएका छन् ।

    images

    सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।समूह ‘ए’ मा ग्रिनफिल्ड नेसनल कलेज, जेभियर इन्टरनेसनल कलेज, मल्पी इन्स्टिच्युट, गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’ र कान्जिरोवा रहेका छन् ।

    images
    images
    images

    टाइम्स इन्टरनेसनल कलेज, प्रिमियर कलेज, बर्नहार्ट, पुष्पसदन, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर ९सीसीआरसी० र गोल्डेनगेट ‘बी’ मसूह ‘बी’ मा छन् ।विजेताले २५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने अबाइडका प्रमुख कार्यकारी अधिकृत आशिषमान श्रेष्ठले जानकारी दिए । रोयल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा हुने प्रतियोगिताका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।आठदिने प्रतियोगिताका खेलहरु सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा खेलाइने छ ।

    प्रकाशित मिति :श्रावण २९, २०८२ बिहिवार - १७:४३:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको