Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

जोईन खबर

२९, श्रावण २०८२
  • 697
    SHARES
  • एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

    २९ साउन काठमाडौं । नेपालमा शुक्रबारबाट सुरु हुने एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पुरा भएको छ । नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।आयोजक संस्थाका अध्यक्ष सुकदेव कार्कीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भैसकेको बताए ।

    images

    कार्कीले पावरलिफ्टिङको इतिहासमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा नेपाल सहित भारत, अष्ट्रेलिया, श्रीलंका, पाकिस्तानलगायत एसियाली मुलुकबाट १ सय २० बढी खेलाडी सहभागी हुन लागेको जानकार दिए ।प्रतियोगितामा पावरलिफ्टिङ, बेन्च प्रेस वन्ली र डेडलिफ्ट वन्ली गरी तीन विधा समावेश गरिएको छ । हरेक विधामा १६ वटा तौल समूहलाई समावेश गरिएको आयोजकले जनाएको छ ।

    images
    images
    images

    प्रतियोगितामा कुल १ हजार १ सय ५२ वटा फरक समूहमा सहभागी खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।प्रत्येक तौल र उमेर समूह अन्तर्गतको खेलमा पहिलो, दितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीलाई प्रोत्साहन स्वरुप मेडल, ट्रफी र आकर्षक उपहार प्रदान गरिने बताईएको छ ।नेपालमा पहिलो पटक नीजि क्षेत्रको संस्थाले एन्टिडोपिङ परिक्षण गराएर अन्तराष्ट्रिय स्तरको एसियन पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना गर्न लागिएको आयोजकले बताएको छ । प्रतियोगिता तीन दिनसम्म काठमाडौंमा सञ्चालन हुनेछ ।

    प्रकाशित मिति :श्रावण २९, २०८२ बिहिवार - १८:३६:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको