Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अखिल नेपाल महिला संघ गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम भेला सम्पन्न, अध्यक्षमा न्यौपाने निर्वाचित

अखिल नेपाल महिला संघ गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम भेला सम्पन्न, अध्यक्षमा न्यौपाने निर्वाचित

जोईन खबर

२९, श्रावण २०८२
  • 1.3K
    SHARES
  • अखिल नेपाल महिला संघ गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम भेला सम्पन्न, अध्यक्षमा न्यौपाने निर्वाचित

    २९ साउन काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अन्तर्गतको अखिल नेपाल महिला संघको गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम भेला सम्पन्न भएको छ । यसै भेलामा आज तीज विशेष कार्यक्रम  समेत गरेको थियो ।

    images

    आज बालाजु सगुन क्याफे काठमाडौंमा सम्पन्न भएको हो । उक्त तिज विशेष कार्यक्रमले  गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको अखिल नेपाल महिला संघको प्रथम भेलाले धनकुमारी न्यौपानेको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन  समेत युवा नेता रोहित गुरुङले जानकारी दिनु भयो । आज सम्पन्न प्रथम भेलाको नयाँ कार्यसमितिमा अध्यक्ष धनकुमारी न्यौपाने ,उपाध्यक्षमा सावित्रा तिमल्सिना, बिनिता देवकोटा र रिता अर्याल,सचिवमा कल्पना पन्त, सह–सचिवमा रितु मगराती  कोषाध्यक्षमा पुष्पा पान्डे लगायत सबै निर्विरोध निर्वाचित भएका हुन् ।

    images
    images
    images

    kk.jpg

    यस भेलाले गोरखा जिल्ला भित्रका सबै गाउँपालिका तथा नगरपालिकाका महिलाहरु सहभागि गराएर कार्यसमिति सदस्य निर्वाचित गरिएको हो । प्रथम भेलाले माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा सम्पर्क समन्वय प्रदेश समिति इन्चार्ज यशोदा सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकको भेलाको अध्यक्षता समिति अध्यक्ष धनकुमारी न्यौपानेले गरेकी थिइन्। कार्यक्रममा गण्डकी सम्पर्क समन्वय समितिका अध्यक्ष रामप्रसाद भन्ताना लागायतका नेताहरु तथा विभिन्न तहका नेता कार्यकर्ता र गोरखाबाट काठमाडौँ आएर बसोबस गर्ने महिलाहरु बाक्लो रुप उपस्थिति रहेको थिए । 

    प्रकाशित मिति :श्रावण २९, २०८२ बिहिवार - २२:५७:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको