२९ साउन काठमाडौँ । गोरखाको सिरानचोक गाउँपालिका वडा न –६ का वडाध्यक्ष प्रेमप्रसाद वस्तीले जनप्रतिनिधिका रूपमा पाउने सम्पूर्ण सेवा–सुविधा सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका छन् ।
अध्यक्ष वस्तीले आर्थिक वर्ष २०८१ / ८२ मा विभिन्न सामाजिक, शैक्षिक, सांस्कृतिक र स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूमा कुल रु १,५९,५०० सहयोग गरेका छन्। यस अन्तर्गत सांस्कृतिक यात्रा, खेलकुद, परीक्षा केन्द्रसम्म आवागमन सेवा, गुरुकुल प्रवेशन, मन्दिर संचालन, विद्यार्थी सहयोग, स्वास्थ्य उपचार, वृक्षरोपणदेखि सामाजिक कार्यक्रमसम्मका गतिविधि समावेश छन्।
वडाध्यक्ष वस्तीले यो पहलबाट विद्यालयका विद्यार्थी, महिला समूह, धार्मिक स्थल, स्वास्थ्य संस्था तथा स्थानीय क्लबहरू लाभान्वित भएका छन्। यसरी आफ्नो पदबाट प्राप्त हुने सम्पूर्ण सुविधा समाजका आवश्यकता र विकासका कार्यमा खर्च गरेर वस्तीले सच्चा ‘जनसेवक’ को पहिचान दिएका छन्। स्थानीयहरूले अध्यक्ष वस्तीको निर्णयलाई प्रशंसा गर्दै यसबाट अरुले पनि सिक्न सके राम्रो हुने बताएक छन् ।
यस्तो छ वडाध्यक्षले पाउने रकमको खर्च विवरण
