Logo

बिहिवार, कार्तिक १३ गते २०८३

संयुक्त एम्बुलेन्स चालक संघ नेपालले आपत्ति जनायो

संयुक्त एम्बुलेन्स चालक संघ नेपालले आपत्ति जनायो

जोईन खबर

२, भाद्र २०८२
  • 925
    SHARES
  • संयुक्त एम्बुलेन्स चालक संघ नेपालले आपत्ति जनायो

    २ भदौ काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले  संयुक्त एम्बुलेन्स चालक संघ नेपालललाई वेवास्ता गरेको भन्दै  संघले आपत्ति जनाएको छ । एम्बुलेन्स संचालनको वर्तमान सन्दर्भका विभिन्न समस्याहरु लिइ  हिजो आइतबार भदौ १ गते मन्त्री पौडेलसँग भेट गर्न पुगे्का थिए ।

    images

    संघले स्वास्थ्य सरकारबाट आफूहरुलाई कम महत्व दिइएको भन्देै संयुक्त एम्बुलेन्स चालक संघ नेपाल विज्ञप्ती बझाएको छ ।  एम्बुलेन्सको क्षेत्रमा राज्य पक्षबाट उपेक्षा गरिएको र राज्यले अति आवश्यक सेवा अन्तर्गत विरामीलाई दिइनुपर्ने सेवाहरुमा धेरै प्रकारका समस्याहरु नदिएको संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताउनु भयो । उनले भने एम्बुलेन्स चालकहरुमा पूर्ण घातक सरुवा रोगको जोखिम उत्तिकै छ ।

    images
    images
    images

    सुरक्षाका उपकरणहरु छैनन, प्राथमिक औषधी उपचारको व्यवस्था छैन, अस्पतालहरुमा पार्किङ व्यवस्था व्यवस्थित छैन, राज्यको तर्फबाट चालकलाई न्यूनतम स्वास्थ्य सामग्री छैन, एम्बुलेन्स चालक हो भन्ने पहिचान खुल्ने ड्रेसको व्यवस्था छैन, यस्ता गम्भीर समस्यामा मन्त्रीज्यूले वेवास्ता गर्नुभयो । त्यसै कारणले हामीलाई नेपाल सरकारबाट हुने विभिन्न सेवा र सुविधाहरु निशुल्क गर्न आग्रह गरे । 

     

    प्रकाशित मिति :भाद्र २, २०८२ सोमवार - १४:१०:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको