Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बागमती प्रदेशमा एक वर्षको अवधिमा एक हजारभन्दा बढी पर्यटकीय पूर्वाधार विकास निर्माण

बागमती प्रदेशमा एक वर्षको अवधिमा एक हजारभन्दा बढी पर्यटकीय पूर्वाधार विकास निर्माण

जोईन खबर

८, भाद्र २०८२
  • 598
    SHARES
  • बागमती प्रदेशमा एक वर्षको अवधिमा एक हजारभन्दा बढी पर्यटकीय पूर्वाधार विकास निर्माण

    ८ भदौ काठमाडौँ । बागमती प्रदेश सरकारले एक वर्षको अवधिमा एक हजारभन्दा बढी पर्यटकीय पूर्वाधार विकास गरेको छ । गत आर्थिक वर्ष प्रदेश सरकार अन्तर्गतको पर्यटन विकास आयोजनाहरूबाट १ हजार ३१९ वटा पूर्वाधार निर्माण भएको हो ।प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्रदेशका १३ जिल्लामा ४९६ वटा मन्दिर निर्माण भएका छन् भने गुम्बा २१९ वटा बनाइएको छ । मन्त्रालयका अनुसार एक वर्षमा १५७ वटा पार्क, ५१ पदमार्ग, ३० किरियापुत्री भवन, १९ चर्च, ३ वटा मस्जिद निर्माण गरिएको छ । उक्त अवधिमा मसानघाट, पाटी–पौवा, शौचालय, सांस्कृतिक सम्पदा, सामुदायिक भवनजस्ता पूर्वाधार ३४३ वटा निर्माण तथा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयका सूचना अधिकारी अशेष खड्काले आगामी दिनमा अझ प्रभावकारी पर्यटकीय पूर्वाधार निर्माण गरेर उत्पादन र आर्थिक उपार्जनमा जोड्ने योजना रहेको बताए ।गत आर्थिक वर्ष (२०८१ र ०८२) मा पर्यटन प्रवर्द्धन, अध्ययन–अनुसन्धान, सांस्कृतिक संरक्षण तथा पूर्वाधार विकासका क्षेत्रहरूमा उपलब्धीमूलक काम भएको खड्काको भनाइ छ । प्रदेशको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र उपयोगमार्फत दिगो पर्यटन विकास गर्ने उद्देश्यले प्रभावकारी योजनाका साथ मन्त्रालय अघि बढेको उनले बताए ।प्रत्यायोजित अधिकारका आधारमा मन्त्रालयले हाल क्षेत्रीय पर्यटन, भाषा, संस्कृति र धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका काम गर्दै आएको मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले बताउनु भयो । गत वर्षमा हिमाली पर्यटन विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षासहित दोलखास्थित डोल्मा खाङ हिमालको आरोहण रुट अन्वेषण गरिएको छ ।

    images
    images
    images

    मन्त्रालयले प्रदेशको पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न १५ वर्षे पर्यटन विकास रणनीति तयार गरेको उनले प्रस्ट पारे ।प्रदेशमा रहेका धार्मिक र सांस्कृतिक सम्भावनाहरूलाई समेट्दै बौद्ध सर्किट स्थापनाका लागि समेत अध्ययन गरेको सचिव सुवेदीले बताउनु भयो ।  विविधताको संरक्षण र अभिलेखीकरणतर्फ प्रदेश सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ । प्रदेशमा बसोबास गर्ने दलित समुदायको संस्कृति अभिलेखीकरण र अध्ययन कार्य सम्पन्न गरिएको छ भने राजनीतिक इतिहास, फोटो दस्तावेज र सांस्कृतिक सम्पदाको संरक्षणका लागि राजनीतिक क्रान्ति संग्रहालय, कोट दरबार, नेपाल फोटो संग्रहालय तथा पर्यटन प्रवर्द्धन केन्द्र स्थापना गर्न आवश्यक योजना तथा मास्टर प्लान तयार गरिएको सचिव सुवेदीले जानकारी दिनु भयो ।

    मन्त्रालयले नयाँ पर्यटन गन्तव्य पहिचान, ब्रान्डिङ र गुरुयोजना निर्माणमा अनुसन्धानलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।स्थानीय र रैथाने खानाको सांस्कृतिक महोत्सव, लोपोन्मुख नृत्य, बाजा, संगीतको अभिलेखीकरण तथा प्रवर्द्धन, श्रष्टा सम्मान कार्यक्रम, चलचित्र, नाटक, गायन, नृत्य र बाध्ययन्त्र कलाका कलाकारहरूको सम्मान, मूर्त तथा अमूर्त कलाको संरक्षण तथा प्रवर्द्धन, मातृभाषा तथा संस्कृत भाषाको संरक्षण तथा साहित्य प्रवर्द्धनमा मन्त्रालयले विशेष ध्यान दिएको सचिव सुवेदीको भनाई छ  । 

    प्रकाशित मिति :भाद्र ८, २०८२ आइतवार - १३:०१:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको