८ भदौ कतार । कतारमा रहेको हर्मोसा ब्युटी सलुनले आज तिज बिशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।आजको कार्यक्रमको कार्यक्रम सयोजक प्रभा श्रेष्ठ ले गर्ने भएको छ।तिज बिशेष कार्यक्रममा नेपाल बाट आमन्त्रित अतिथि कलाकार चर्चित लोक तथा दोहोरि गायिका टीका पुन र रेजिना परियारको साथमा स्थानिय कलाकारहरूको पनि विशेष प्रस्तुति रहने छ।तिज बिशेष कार्यक्रम आज आईतबार कतारको सनैयामा रहेको फुलबारि रेस्टुरेन्टमा गर्ने भएको छ।
कार्यक्रम बेलुका ६ बजे बाट सुरू हुने भएको छ। नेपाली नारिहरूको पर्व तिज बिशेष कार्यक्रम भएको हुँदा बिशेष गरि कतारमा रहनु भएका सम्पूर्णलाई आयोजकले कतारमा बसोबास गर्ने सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइलाई कार्यक्रममा सहभागी भई तिज पर्वलाई अझ उत्साहपूर्ण बनाउन अनुरोध गरेका छन्।
कार्यक्रममा चर्चित गायिका टीका पुन र रेजिना परियारको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएका छन्।तिजको उल्लासमय वातावरणमा नेपाली समुदायलाई एकत्रित गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा विविध सांगीतिक प्रस्तुति, मनोरञ्जनात्मक गतिविधि र सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ।