९ भदौ काठमाडौं ।हालै सार्वजानि भएको फिल्म “सिटामोल” जनयुद्धमा लडेका एक घाइते जनमुक्ति सेनाको जीवनमा आधारित रहेको छ । राजबहादुर सानेको निर्देशनमा निर्माण भएको चलचित्र ‘सिटामोल’ गएको साउन २३ गतेदेखि देशभर प्रदर्शनमा भएको थियो । यस प्रदर्शनमा पुर्व गृहमन्त्री माननीय नारायणकाजी श्रेष्ठ ,पुर्व मन्त्री सघिय सासंद हितबहादुर तामाङ, पुर्व मन्त्री सत्य पहाडी, पुर्व मन्त्री दलजित सेर्पाली,पुर्व मन्त्री कमला रोका,कर्णाली प्रदेश पुर्व मन्त्री नरेश भण्डारी सहित उपस्थित मा हिजो दुई सो सिटामोल फिल्म हेर्नु भएकाे थियाे । फिल्म “सिटामोल” एक घाइते जनमुक्ति सेनाको जीवनकथा हो।सेना समायोजनपछि स्वेच्छिक अवकाश लिएर सामान्य जीवनमा फर्कन खोज्दा उनले भोगेका आर्थिक समस्या, पारिवारिक विछोड र संघर्षरत नाबालक छोराको पीडालाई यसमा भावुक ढंगले प्रस्तुत गरिएको छ।

कर्णाली क्षेत्रको सामाजिक यथार्थ, जनयुद्धपछिको मनोविज्ञान, मानसिक पीडा र सम्बन्धहरूको बिछोडलाई समेटेको यो सिनेमाले प्रदर्शनमा आएको दिन देखि नै दर्शकहरुलाई आकर्षित गराएको हो । जसमा सपना, दुर्घटना, बेमेल सम्बन्ध र त्यसको असर मार्मिक रूपमा प्रस्तुत भएको फिल्मले अहिले जनयुद्व लडेका नेता तथा कार्यकर्ताहरु खुब चासो दिएर हेरि रहेका छन् । यस फिल्मले हिजो युद्व कालमा भूमिगत भएको एक परिवारले भोगेको दुख बिछोड र बिछोड पछिको मिलन बारे प्रस्तृत गरिएको छ । उक्त फिल्ममा जनयुद्व पछि एक श्रीमान् शारीरिक रूपले अशक्त छन् भने श्रीमती आफ्नो क्षमताभन्दा ठूलो सपना देख्छिन् ।

अशक्तताको बोझ, आर्थिक अभाव, पारिवारिक विखण्डन र ग्रामीण जनजीवनको कष्ट भएको आधारमा कथा बनेको छ । यस फिल्मको निर्माण टिमले दर्शकहरूले चलचित्र ‘सिटामोल’लाई सकारात्मक रूपमा लिने विश्वास व्यक्त गरेका छन् ।निर्देशन राजबहादुर सानेको अनुसार ‘सिटामोल’ गरिबी बेच्ने चलचित्र होइन, बरु समस्याको पहिचान गर्दै समाधानको सम्भावना खोज्ने प्रयास हो । उनी भन्छन्, “म जुम्लामा जन्मिएको व्यक्ति हुँ, त्यहाँको पीडा नजिकबाट बुझेको छु । सिनेमा त्यसै अनुभवको प्रतिविम्ब हो ।” उनका अनुसार चलचित्र जनयुद्धपछि विशेष गरी सेना समायोजनपछि देखिएको मानसिक, शारीरिक र सामाजिक समस्यामाथि आधारित छ । उनले थपे, “युद्धले हजारौंलाई विस्थापित बनायो । तिनले भोगेको मनोविज्ञान, सम्बन्धको विखण्डन र समाजको बदलिँदो धारणा हामीले पर्दामा उतारेको निर्देशक सानेले जानकारी दिए ।

चलचित्रका प्रमुख अभिनेता सौगात मल्लका अनुसार ‘सिटामोल’ केवल औषधिको नाम होइन, एक प्रतीक हो । “शरीरको पीडामा सिटामोलले राहत दिन्छ भने, यो सिनेमा मनको पीडामा मलम लाग्ने काम गर्छ भिनेता सौगात मल्लले बताए । सौगातका अनुसार यो चलचित्र आफूले खेलेका सबैभन्दा भावुक सिनेमामध्ये एक हो ।“सिटामोल औषधिले सबै रोग ठीक गर्दैन, तर हाम्रो सिनेमा ‘सिटामोल’ले सम्बन्ध कसरी सुधार्न सकिन्छ भन्ने कुरा सिकाउँछ भने कुरा निर्देशकले जनाए ।

चलचित्रमा सौगात र बेनिशासँगै श्री कृष्ण, जानुका र करणसहित लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् । तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको ‘सिटामोल’को कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् ।सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउन्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।
