Logo

बिहिवार, कार्तिक १३ गते २०८३

माइक्रोबस दुर्घटना हुँदा चालकसहित २३ जना घाइते

माइक्रोबस दुर्घटना हुँदा चालकसहित २३ जना घाइते

जोईन खबर

९, भाद्र २०८२
  • 544
    SHARES
  • माइक्रोबस दुर्घटना हुँदा चालकसहित २३ जना घाइते

    ९ भदौ काठमाडौँ । कास्कीमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित २३ जना घाइते भएका छन्। पोखरा महानगरपालिका–१३ आर्वास्थित मड्केल्नाको ओरालोमा आज उक्त माइक्रोबस दुर्घटना भएको हो।

    images

    आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग १ ख ४०२७ नम्बरको माइक्रोबस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ।

    images
    images
    images

    यात्रु लिएर काहुँखोलातर्फ आउँदै गरेको माइक्रोबस मडकेल्नाको घुम्तीको ओरालो सडकको दायाँतर्फको भित्तामा ठोक्किएको हो। पोखरा–१३ की ५५ वर्षीया जमुना बराल र ५२ वर्षीया कोपिला बराललाई बढी चोट लागेको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :भाद्र ९, २०८२ सोमवार - १७:२४:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको