११ भदौ काठमाडौँ । उत्तरी गोरखा चुमनुब्री गाउँपालिका वडा न –६ का वडाध्यक्षले अब राजनीतिबाट सदाका लागि बिदा लिएको घोषणा गर्दै रोजगारीको शिलशिलामा जर्मनी प्रस्थान गरेका छन्। वडाध्यक्षले स्थानीय तहमा आफूले निरन्तर मेहनत गर्दा पनि कामको उचित मूल्याङ्कन र सम्मान नपाएको गुनासो गर्दै राजनीति जीवनलाई अन्त्य गर्ने निर्णय लिएका हुन्।
उनले प्रस्थान गर्नुअघि भनेका छन्, “जति काम गरे पनि जस नपाउने, अपमान मात्रै सहनु पर्ने भएकाले अबदेखि राजनीतिबाट सदाका लागि बिदा लिएको छु।” भने भनाइ व्यक्त गरेका छन् । चुमनुब्री–६ का बासिन्दाले भने उनको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन्।
केहीले उनको योगदान स्मरण गर्दै प्रशंसा गरेका छन् । कोहीले भने स्थानीय अब यस गाउँपालिका तथा वडामा हुने विकास कार्य अधूरा रहने चिन्ता व्यक्त गरेका छन्। वडाध्यक्षको जर्मनी प्रस्थानसँगै अब सो वडामा स्थानीय राजनीतिक नेतृत्व खाली हुने भएको छ।
गाउँपालिकाले कानुनी प्रक्रिया अनुसार वडाध्यक्षविहीन अवस्थामा वडाको कार्यसम्पादन गर्ने तयारी गरेको बताइएका छन् । अब आउने दिनेहरुमा राजनीतिलाई छोडेर अरु सेवामा लाग्ने हिसाबले विदेशीएको बताए ।