१३ भदौ दोहा कतार ।रक्तदान जीवनदान भन्ने मुलनाराको साथ यहि आगामी मिती २०८२ भदौ, १९ गते बिहिबारको दिन गण्डकी प्रदेश समन्वय परिषद कतार, गोरखा सेवा समाज कतार, नेपाल रेडक्रस सोसाइटी पालुङटार उप-शाखाको संयुक्त आयोजनामा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, गोरखाको समन्वय साथै नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र, चितवनको सहयोगमा वृहत -रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ।
यहि भाद्र १९ गते बिहिबारको दिन बिहान ८ बजे देखि बेलुकि ५ बजे सम्म गोरखाको पालुङ्टार नगरपालिका -५ , ठाँटिपोखरि को समि चौतारामा वृहत -रक्तदान कार्यक्रमको आयोजना हुने भएको होगोरखा जिल्लाबासी सम्पुर्ण बुबाआमाहरु, दाजुभाइहरु, दिदिबहिनीहरु साथै गण्डकी प्रदेश अन्तर्गत रहेका सम्पुर्ण जिल्लाबासीहरुमा यस पुण्य कार्यमा सहभागि भैइ रक्तदान गरि दिनु हुन गोरखा सेवा समाज कतारले हार्दिक अनुरोध गरेको छ।
यी यस्तै सामाजिक कार्यमा सदैव अग्रसर परदेशमा रहेर पनि सम्पूर्ण गोर्खाली दाजु भाइ तथा दिदी बहिनिहरूको एउटै सस्था गोरखा सेवा समाज कतारले समन्वय गरि यो पटक आफ्नै गोरखा जिल्लामा रक्तदान कार्यक्रम आयोजना गरेको हुँदा सम्पूर्ण जिल्लाबासिमा रक्तदान गर्नु हुन समाजका अध्यक्ष बिकास श्रेष्ठले आग्रह गरेका छन्