१५ भदौ काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तरको ऐतिहासिक उचाई बनाउदै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ ।
गत शुक्रबार नेपाली बजारमा छापावाला सुन प्रतितोला दुई लाख ६०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी तोलामा ६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । आईतबारको बजारमा चाँदी दुई हजार ४२५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।