Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एस आईबीएस बास्केटबल भोलिदेखि

एस आईबीएस बास्केटबल भोलिदेखि

जोईन खबर

१५, भाद्र २०८२
  • 541
    SHARES
  • एस आईबीएस बास्केटबल भोलिदेखि

    १५ भदौ काठमाडोँ । एस इन्टरनेसनल बिजनस स्कुल ९एस आईबीएस० को आयोजनामा एस आईबीएस थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ टिमको सहभागिता रहने आयोजकका बीबीए प्रोग्राम म्यानेजर कौशलराज पौडेलले जनाएका छन् ।

    images

    ब्वाइजलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।ब्वाइजतर्फ विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गल्र्समा पहिलो हुनेलाई १५ हजार तथा दोश्रोलाई ८ हजार नगदबाट पुरस्कृत गरिने छ ।

    images
    images
    images

    पौडेलले प्रतियोगिताको उद्देश्य युवामाझ बास्केटबललाई प्रवद्र्धन गर्नु र खेलाडीहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने प्लेटफर्म प्रदान गर्नु रहेको बताए ।नेपाल बास्केटबल संघको सहकार्यमा हुने दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।

    प्रकाशित मिति :भाद्र १५, २०८२ आइतवार - १७:१०:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको