Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरीमै रहने,दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज

सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरीमै रहने,दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज

जोईन खबर

१६, भाद्र २०८२
  • 946
    SHARES
  • सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरीमै रहने,दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज

    १६ भदौ काठमाडौँ । गोरखाको सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरीमै रहने भएको छ। गाउँपालिकाको केन्द्र परिवर्तन गर्न माग गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेपछि चित्रेपोखरी नै स्थायी केन्द्र हुने भएको हो।स्थानीय केही समूहले गाउँपालिका केन्द्र परिवर्तन गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

    images

    तर सर्वोच्चले उक्त रिट खारेज गर्दै पहिले निर्धारण गरिएको चित्रेपोखरी नै गाउँपालिकाको प्रशासनिक केन्द्र रहनुपर्ने आदेश दिएको हो।सिरानचोक गाउँपालिकाको स्थायी केन्द्रबारे लामो समयदेखि विवाद रहँदै आएको थियो।

    images
    images
    images

    सर्वोच्चको निर्णयसँगै अब गाउँपालिका कार्यालय सञ्चालनमा स्थायित्व आउने अपेक्षा गरिएको छ।गाउँसभाको दुई तिहाइ बहुमतले गरेको निर्णयलाई अस्वीकार गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेपछि गाउँपालिकाको केन्द्रबारेको बहस अन्त्य भएको छ।गाउँसभाको निर्णयलाई तत्कालीन अध्यक्ष राजु गुरूङ, उपाध्यक्ष र गाउँकार्यपालिकाविरुद्ध चूडामणि पोखरेलसहित नौ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

    त्यसबेला सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै केन्द्र सार्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।त्यसको केहि समयमा नै चित्रेपोखरीबाट नै सेवा कार्यालय सञ्चालन गरि गाउँपालिकाको कार्यालय हाल चित्रेपोखरीमा नै कायम छ ।तर लामो समयसम्म मुद्दा विचाराधीन रहेपछि आइतबार न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले सबै दाबी खारेज गर्दै रिट नै खारेज गरिदिएको हो। 

    प्रकाशित मिति :भाद्र १६, २०८२ सोमवार - १३:१०:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको