Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वप्रधानन्यायाधीश कार्कीलाई  अन्तरिम सरकारको प्रमुख नबनाउने भन्दै जेनजी सेनाको मुख्यालय जंगीअड्डा अगाडि  फेरी विरोधमा उत्रिए

पूर्वप्रधानन्यायाधीश कार्कीलाई  अन्तरिम सरकारको प्रमुख नबनाउने भन्दै जेनजी सेनाको मुख्यालय जंगीअड्डा अगाडि  फेरी विरोधमा उत्रिए

जोईन खबर

२६, भाद्र २०८२
  • 691
    SHARES
  • पूर्वप्रधानन्यायाधीश कार्कीलाई  अन्तरिम सरकारको प्रमुख नबनाउने भन्दै जेनजी सेनाको मुख्यालय जंगीअड्डा अगाडि  फेरी विरोधमा उत्रिए

    २६ भदौ काठमाडौँ । नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि फेरी  युवाहरु विरोध सुरु भएको छ । अब आउने अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन खोजिएको भन्दै केही युवाहरु हुदैन भन्दै विरोधमा उत्रिएका हुन् ।

    images

    जेनजी आन्दोलनको माग कार्कीलाई सरकार प्रमुख बनाउनका लागि नभएको युवाहरुको भनाइ छ । जंगीअड्डा अगाडि युवाहरुले आक्रोश व्यक्त गरेका  हुन् । दुई दिन सम्म जेन जी  समूहले गरेको  आन्दोलनले देशमा भएको सबै सरकारी  कार्यालय अगजनी गर्दै अहिले नेपाल सरकार बिहिन भएको छ ।

    images
    images
    images

    हिजो देखि सरकार प्रमुख कसलाई बनाउने कुरामा नेपाली सेनाको मुख्यालय जंगीअड्डामा छलफल चलि रहेको छ । उक्त कुरा सहमतिमा नआउदा युवाहरुले छिटो भन्दा छिटो निर्णय दिन आग्रह गरेका छन् । अहिले नेपाली सेनाले मुख्यालय जंगीअड्डामा धेरै भिडभाड नगर्न माइकिङ गरि रहेको छ । 

    प्रकाशित मिति :भाद्र २६, २०८२ बिहिवार - १२:५०:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको