२६ भदौ काठमाडौँ । निजामती कर्मचारीहरूले सिंहदरवार भित्रको भग्नावशेष र फोहोर हटाउन सामूहिक आह्वान गरेका छन् ।उनीहरूले सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा पोस्ट गर्दै सम्भव भएसम्म आ–आफ्नो मन्त्रालय, निकायमा उभिएर सफाइ अभियानमा खट्न आह्वान गरेका हुन् ।
उनीहरूले आफ्नो समूहमा लेखेका छन्, ‘सिंहदरवार भित्रका सबै कर्मचारी सम्भव भएसम्म आ–आफ्नो मन्त्रालय, निकायमा उपस्थित भएर आजैबाट सफाइको काममा खटौँ ।उनीहरूले परिस्थितिको मूल्यांकन गरेर फाइल, अभिलेख र कागजातको सुरक्षा गर्न र आ–आफ्नो कार्यालय सफाइ गर्न आह्वान गरेका हुन् ।
सर्वोच्च अदालतमा करिब २५ हजार मुद्दा विचाराधीन रहेकोमा उनीहरूले करिब ३ हजार फाइल संकलन गरेका थिए, जसमा कतिपयमा आंशिक र कतिपयमा आधाजसो क्षति पुगेको छ ।