Logo

बिहिवार, कार्तिक १३ गते २०८३

“संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति स्वीकार गर्दैनौं” : नेपाल बार एशोसियसनको चेतावनी 

“संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति स्वीकार गर्दैनौं” : नेपाल बार एशोसियसनको चेतावनी 

जोईन खबर

२६, भाद्र २०८२
  • 682
    SHARES
  • “संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति स्वीकार गर्दैनौं” :  नेपाल बार एशोसियसनको चेतावनी 


    २६ भदौ काठमाडौं । नेपाल बार एशोसियसनले संवैधानिक सर्वोच्चता र कानूनी शासनभन्दा बाहिर गएर हुने कुनै पनि प्रकारको समाधान, निर्णय वा नियुक्ति अस्वीकार्य हुने चेतावनी दिएको छ।

    images

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै बार एशोसियसनले संविधान सर्वोच्च कानूनी दस्तावेज भएकाले त्यसको आत्मा विपरीत हुने कुनै पनि कदम स्वीकार्य नहुने स्पष्ट पारेको हो।विज्ञप्तिमा भनिएको छ, “संविधान र कानूनी प्रावधानलाई पन्छाएर बाहिरबाट समाधान खोज्ने वा राजनीतिक रूपमा नियुक्ति गर्ने कुनै पनि अभ्यासलाई नेपाल बार एशोसियसनले समर्थन गर्दैन।”बारले न्यायपालिका, कार्यपालिका र विधायिकाबीचको शक्ति–सन्तुलन तथा संवैधानिक प्रक्रियाप्रति सबै पक्ष उत्तरदायी हुनुपर्नेमा जोड दिएको छ।

    images
    images
    images

    साथै, संवैधानिक सर्वोच्चतामाथि आक्रमण गर्ने प्रयास लोकतान्त्रिक शासन प्रणालीकै मर्मविपरीत हुने भन्दै सचेत रहन सरोकारवालालाई आग्रह गरिएको छ।एशोसियसनले संविधानमै टेकेर मात्र संकटको समाधान खोज्नुपर्ने बताउँदै संवैधानिकता, विधिको शासन र न्यायपालिकाको स्वतन्त्रता नै लोकतन्त्रको आधारस्तम्भ भएको पुनः स्मरण गराएको छ।

    यस्ताे छ पत्र

     

    ttt.jpg

    प्रकाशित मिति :भाद्र २६, २०८२ बिहिवार - १६:११:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको