३० भदौ काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिमण्डलमा तीन जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
अर्थमन्त्रीमा रामेश्वर खनाल,ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङ र गृह तथा कानुन मन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भएका थिए ।
तीनजना मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलद्धारा पद तथा गोपनीयताको सपथ गराइएको थियो । अरु थप मन्त्रीहरुको बारेमा छलफल हुदै छ । केही व्यक्तिहरुको नाम आए पनि उनीहरुको नाम सार्वजानिक नभएको राष्ट्रपति पौडेलको सचिवलयले जनाएको छ ।
