Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जेनजीको आन्दोलनमा  सडक विभाग र विभाग मातहतका निकायमा ठूलो क्षति

जेनजीको आन्दोलनमा  सडक विभाग र विभाग मातहतका निकायमा ठूलो क्षति

जोईन खबर

३१, भाद्र २०८२
  • 535
    SHARES
  • जेनजीको आन्दोलनमा  सडक विभाग र विभाग मातहतका निकायमा ठूलो क्षति

    ३१ भदौ काठमाडोँ । जेनजीको आन्दोलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तरगतको सडक विभाग र विभाग मातहतका निकायमा ठूलो क्षति पुगेको छ।विभागकाअनुसार मुख्य कार्यालय रहेको बबरमहलस्थित विभाग र विभाग मातहतका विभिन्न शाखा महाशाखमा आगजनी भइ क्षति भएको हो ।

    images

    विभागका महानिर्देशकको कार्यकक्ष, पुल महाशाखा र अन्तर्गतका शाखा , वैदेशिक सहायता समन्वय महाशाखा र अन्तर्गतका शाखाहरु, यान्त्रिक महाशाखा र अन्तर्गतका शाखाहरु, सम्भार महाशाखा र अन्तर्गतका शाखाहरु , प्रशासन शाखा, उत्तर(दक्षीण तथा व्यापारिक मार्ग विस्तार आयोजना र अन्तर्गतका शाखाहरु र आर्थिक प्रशासन शाखा पूर्ण रुपमा क्षति भएको छ ।

    images
    images
    images

    त्यस्तै, पुष्पलाल९मध्यपहाडी० राजमार्ग आयोजना निर्देशनालय, नागढुङ्गा सुरुङ्गमार्ग आयोजना, हुलाकी राजमार्ग योजना निर्देशनालय र अन्तर्गतका शाखाहरु, कानुन तथा विवाद व्यव्स्थापन शाखा र सडक सुधार तथा विकास योजना कार्यालयको आंशिक क्षति भएको विभागका प्रवक्ता प्रभातकुमार झाले बताए ।उनका अनुसार, सडक विभागमा दुई पांग्रे ७५ देखि८० वटा, चार पांग्रे करिव ६५ देखि ७० वटा सवारीहरु पूर्ण रुपमा क्षति भएको देखिन्छ ।

    प्रकाशित मिति :भाद्र ३१, २०८२ मंगलवार - ११:५५:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको