३१ भदौ काठमाडौँ । काठमाडौँ उपत्यका बाहिरिने यात्रुको चाप दिन प्रतिदिन बढ्दै गउको छ । चाडपर्व नजिकिँदै जाँदा गत वर्षमा घटस्थापनादेखि मात्रै उपत्यकाबाट बाहिरिने यात्रुको चाप हुने गरेकामा यस वर्ष भने घटस्थापनाभन्दा अघिदेखि नै यात्रुहरू गन्तव्यतर्फ प्रस्थान गर्न थालेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो तीन दिनमै करिब चार लाख यात्रुले उपत्यका छाडेको जानकारी दिएका छन् ।त्यस्तै महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अहिलेको विषम परिस्थिति सम्झँदै पनि भाडा वृद्धि नगरी सेवा प्रवाहमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनका अनुसार अग्रिम टिकट प्रणालीभन्दा पनि सवारी साधनको उपलब्धताका आधारमा टिकट काटिने व्यवस्था मिलाइएको छ ।मंगलबार विभागमा यातायात व्यवसायी र सरोकारवाला निकायसँगको छलफल गरिएको हो ।