३ असोज काठमाडौँ । सरकारले देशमा ठूलो भष्ट्रचारीको काम गर्दै आएको भन्दै जेनजी समूहले आन्दोलन गरेका थिए । उक्त आन्दोलन भदौ २३ गते बाट सुरु भएको हो । जेनजी आन्दोलनबाट देशभरका सरकारी संरचना पूर्ण रुपमा क्षेती भएको थियो । यस जेनजी आन्दोलनले बागमती प्रदेशका अधिकांश मन्त्रालयका भवन ध्वस्त भएका छन् ।
आन्दोलनका क्रममा भदौ २३ गते सामान्य रुपमा आन्दोलन भए पनि आन्दोलन गरेको केही समय पछि सरकार तर्फबाट गोली चल्न थाले पछि केही आन्दोलनकारीको मृत्यु भएको थियो । त्यस मृत्यु पछि जेनजी आन्दोलन देशभर ठूलो रुपमा चर्किए पछि भदौ २४ गते जेनजी आन्दोलनकारीले आगजनी गर्न सुरु गरेका थिए । बागमती प्रदेशका मन्त्रालयहरूको केही स्थानहरु खण्डहर बनेका छन् ।
यसै क्रम संस्कृति तथा पर्यटन मन्त्रालयसहित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय जल्नबाट जोगाउन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले यस बिषयमा ठूलो भूमिका निभाउनु भएको थियो । सचिव सुवेदीका अनुसार संस्कृती तथा पर्यटन मन्त्रालयमा कुनै पनि किसिमको तोडफोड वा आगजनी भएन ।
सचिव सुवेदीले जेनजी आन्दोलन चर्किने संकेत देखिएलगत्तै आफुले मन्त्रालयको बोर्ड तथा प्रयोगमा रहेका सबै सवारीसाधन तत्काल सुरक्षित स्थानमा सार्न लगाएपछि मन्त्रालय क्षति हुनबाट जोगिएको सचिव सुवेदीले बताउनु भयो । उक्त घटना हुदा देशभर ३ दिन सम्म कुनै पनि भएन् । तर बागमती प्रदेशका मन्त्रालयहरूमा आइतबारदेखि नै कार्यालयको कामकाज सुरु गरिएको सचिव सूवेदीले जानकारी दिनु भयो । जेनजी आन्दोलनका क्रममा भएको आगलागीका कारण बागमती प्रदेश सरकारको ७ वर्षे तथ्याङ्क तथा संरचना खरानी बनेका छन् । मन्त्रालयका कोठादेखि महत्त्वपूर्ण विवरण सहितका कागजातहरू जलेर नष्ट भएका छन् ।