Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दसैँ नजिकिँदै गर्दा यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै साझा यातायातले काठमाडौँ नारायणगढ यात्र सुरु गर्दै

दसैँ नजिकिँदै गर्दा यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै साझा यातायातले काठमाडौँ नारायणगढ यात्र सुरु गर्दै

जोईन खबर

८, आश्विन २०८२
  • 601
    SHARES
  • दसैँ नजिकिँदै गर्दा यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै साझा यातायातले काठमाडौँ  नारायणगढ यात्र सुरु गर्दै

    ८ असोज काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै गर्दा यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै साझा यातायात सहकारी संस्था लिमिटेडले विशेष बस सेवा सञ्चालन गरेको छ ।

    images

    चाडपर्वको अवसरमा घर फर्किने तथा बाहिर जाने यात्रुहरूलाई लक्षित गरी यो सेवा सुरु गरिएको हो।संस्थाले एक सूचना जारी गर्दै यही असोज ७ गतेदेखि कोजाग्रत पूर्णिमासम्म नारायणगढका लागि बस सेवा सुरु गर्ने जानकारी दिएको हो। यस अन्तर्गत, बसहरू बिहान ७ बजेदेखि प्रत्येक एक घण्टाको फरकमा कलंकी बसपार्कबाट प्रस्थान गर्नेछन्।

    images
    images
    images

    यो सेवा बिहान ७ बजे, ८ बजे, ९ बजे, १० बजे, ११ बजे र १२ बजेसम्म सञ्चालन हुनेछ।यात्रा गर्ने यात्रुहरूले एकतर्फी भाडाको रूपमा ३०० रुपैयाँ बुझाउनुपर्नेछ र अनिवार्य रूपमा साझा यातायातको टिकट लिनुपर्ने व्यवस्था गरिएको छ।

    सञ्चालकहरूले सिटमा मात्र बस्न पाउने र उभिएर वा मुडामा बसेर यात्रा गर्न नपाइने कुरामा जोड दिएका छन्। टिकट बिना यात्रा गर्ने यात्रुहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने संस्थाले स्पष्ट पारेको छ।

    554099341_781264521313527_7000300557414241830_n_AT1U4ufBAL.png

    प्रकाशित मिति :आश्विन ८, २०८२ बुधवार - १०:२६:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको